रुसी लडाकु ट्याङ्क युक्रेनको राजधानीबाट २० माइल नजिकै आइपुगे
रुसी सेनाले युक्रेनको राजधानी किभमा शुक्रबार बिहानैदेखि बमबारी र क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी बमबारीपछि किभको आकाश आगो र धुवाँको मुस्लोले ढाकिएको छ ।
युक्रेनको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सहयोगमा रुसले प्रहार गरेको एक क्षेप्यास्त्र आकाशमै ध्वस्त पारेको बताएको छ । तर एउटा क्षेप्यास्त्र भने आवासीय भवनमा खसेको सरकारको भनाइ छ ।
त्यस्तै, एसयू-१७ नामक आफ्नो लडाकु विमान खसालिएको पनि युक्रेनले दाबी गरेको छ ।
यसैबीच, रुसी सेनाका लडाकु ट्याङ्क किभतर्फ अगाडि बढिरहेको बेलायती समाचार माध्यमले जनाएका छन् । डेली मेलका अनुसार रुसी ट्याङ्क राजधानी किभबाट २० टाढा मात्रै रहेका छन् ।