एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै
सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
अमेरिकी सहायता परियोजना (एमसिसी) को विषयमा पार्टीभित्रै फरक-फरक मत र विवाद देखिएपछि आज सचिवालयको बैठक बोलाइएको छ।
बैठकमा समसामयीक राजनीतिक अवस्था, एमसिसी र सरकारबारे पार्टीको धारणालगायतका विषयमा छलफल हुनेछन्।बैठक बिजुलीबजारमा दिउँसो १ बजे बस्ने भएको छ।
नेकपा (एकीकृत समाजवादी) को शनिबार बसेको स्थायी कमिटीले एमसीसीबारे गरेको निर्णयमा शीर्ष नेताबीच नै विवाद देखिएको थियो।
पार्टी अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन्।