२४ घण्टामा ४९०४ जनामा कोरोना पुष्टि, ३५ को मृत्यु
बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो ।
पिसिआर परीक्षणमा तीन हजार एक सय ९४ र एन्टिजेन परीक्षणमा एक हजार सात सय १० जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित ३७ हजार तीन सय ३२ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक विवरणअनुसार यो अवधिमा १३ हजार दुई सय १७ जनाको पिसिआर र पाँच हजार नौ सय ६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
मंगलबार दुई हजार एक सय १५ जना डिस्चार्ज भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार एक सय ५० पुगेको छ ।