बौद्धमा बोराभित्र काेचेर फालिएकाे अवस्थामा मानिसको खुट्टा भेटियाे
बौद्धस्थित नयाँबस्ती टाउनप्लानिङमा बोराभित्र काेचेर फालिएकाे अवस्थामा मानिसको एउटा खुट्टा भेटिएको छ । उक्त खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेकाे छ ।
स्थानीयले बोरामा पोको पारेर फालेको अवस्थामा मानिसकाे खुट्टा देखेपछि प्रहरीमा खबर गरेका थिए । साे खबरलगत्तै महानगरीय प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेकाे छ ।
बौद्धस्थित दिव्य पार्टी प्यालेसनजिकैकाे खाली जग्गामा एउटा बोराभित्र केही पाेकाे पारेर फालिएकाे थियाे । त्यसभित्र मानिसको एउटा खुट्टा मात्र काटेर फालेकाे भेटिएकाे काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जनाएका छन् । उनका अनुसार घुँडा र खुट्टाको भाग मात्रै भेटिएकाे छ र शव केही हप्ता पुरानाे हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएकाे छ ।
उक्त खुट्टा कसकाे हाे भन्ने पहिचान हुन सकेकाे छैन । कसैले हत्या गरेर फालेकाे हाे कि भन्ने अाशंकामा अनुसन्धान अगाडि बढाइएकाे प्रहरीकाे भनाइ छ ।