सुनको मूल्य प्रतितोला ९२ हजार पुग्यो
स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मुल्य दुई सय रुपैयाँले बढेको हो ।नेपालसुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।
साताको पहिलो दिन आइतबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ भएको छ।