बाँकेमा १२ घण्टाको अवधिमा १२ जनाको मृत्यु
बाँकेमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका ६, बाँकेका ५ र रुकुम पूर्वका १ जनाको मृत्यु भएको हो ।
उनीहरुको मृत्यु सोमबार अपराह्न चार बजेदेखि मंगलबार बिहान ४ बजेभित्र भएको हो ।
सोमबार २४ घण्टाको अवधिमा देशभर १३९ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।