भक्तपुरमा केमिकल अभावले स्वाब संकलन नै रोकिँदै
कोरोना भाइरस सङ्क्रमित बिरामीले भक्तपुर अस्पतालका सबै शैया भरिएका छन्।
अस्पतालको क्षमताभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा समस्या पर्न थालेको छ। निजी अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचार नगरेको अहिलेको अवस्थामा भक्तपुर अस्पतालमा बिरामीको चाप बढे पनि अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा समस्या परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्।
अस्पतालले हाल ३३ श्यया जनरल, २५ श्यया हाइकेयर युनिट र छ श्यया आइसियू गरी ६४ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याए पनि आवश्यकताअनुसार थप गर्दै अस्पतालमा ८० बिरामी भर्ना भएर उपचार गरिरहेका छन्। अस्पतालमा सङ्क्रमित बिरामी, कन्ट्याक्ट टे«सिङमा परेका, पिसिआर रिपोर्ट नआएका अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई अक्सिजन अभावमा उपचारमा समस्या परेको हो।
डा. गौतमका अनुसार केही दिन अघिसम्म सिलिन्डरकै अभाव थियो। उहाँले सार्वजनिक रुपमा नै सहयोगको आह्वान गरेपछि विभिन्न निकायबाट आएको १६० सिलिन्डर सहयोगसहित २०० सिलिन्डर रहे पनि अक्सिजन नपाउँदा समस्या परेको बताउनुभयो। अस्पतालमा अहिले दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहे पनि विगत तीन दिनदेखि अक्सिजन नपाउँदा थप समस्या परेको हो।
कूल ७५ श्ययाको क्षमताको अस्पताल भए पनि कोभिडका बिरामी बढेपछि अस्पतालले ८० शैया चलाउँदै आएको छ। अधिकांश बिरामीलाई हाइफ्लोरमा अक्सिजन दिनु परेको छ, यस्तो अवस्थामा १०० सिलिन्डर अक्सिजन मात्रै आपूर्ति हुँदा अस्पताललाई निकै सकस भएको छ।
ललितपुरको सगरमाथा अक्सिजन कम्पनीबाट आपूर्ति गर्दै आएको अस्पतालले १०० सिलिन्डर पालोमा राख्दा पनि पालो नआएको, बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन नपाएर पछि त्यसको प्रत्यक्ष असर अस्पताल र बिरामीलाई पर्न थालेको हो।
भक्तपुर नगरपालिकाले चलाएको जनस्वास्थ्यदेखि निजी अस्पतालले समेत अक्सिजन आवश्यक पर्ने भएपछि अस्पतालसँग समन्वय नै नगरी बिरामी पठाउने गरेको र निजी अस्पतालले कोभिडको बिरामीको उपचार नै नगरेकाले अस्पतालमा बिरामीको चाप बढेको हो।