सरकारले आर्थिक वर्ष २०७८- ७९ को लागी नयाँ वजेट ल्याएको विषयमा भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
सरकारले आर्थिक वर्ष २०७८ ७९ को लागी नयाँ वजेट ल्याएको छ । सरकार अध्यादेश बाट आएको बजेटलाई पूर्वप्रमुख निर्वाचन आयुक्त पूर्वअर्थमन्त्री योजना आयोगका पूर्वउपाध्यक्ष र अर्थविज्ञहरुले आलोचना गरेका छन् । सरकार कामचलाउ भईसके पछि बजेट को प्रकृती नै कामचलाउने हुनु पर्ने उनिहरुको जोड रहेको थियो ।
यसै सम्बन्धमा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले वजेटमा मतदातालाई प्रभावित पार्ने खालको कार्यक्रम नराख्न सरकारलाई दिएको सुझावलाई ठिक मान्न सकिएला?" "राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्ष्हरुले भने झै अध्यादेशबाट बजेट ल्याउन गलत हो ?" जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :
https://bhugolpark.com/polls/109