भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने
पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराईको शल्यक्रिया गर्न लागेको हो । त्यसका लागि अध्यक्ष भट्टराई विहीबार अस्पताल भर्ना हुने छन् । शल्यक्रिया भने वैशाख १७ गते हुनेछ ।
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो ।