कोरोनाले दाङमा थप एकको मृत्यु
कोरोना संक्रमणले दाङमा ५७ वर्षीय एक पुरूषको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ५७ वर्षीय पुरुषको आइतवार बिहान कोरोना बिशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको हो।
अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार उनको बिहान ११:१० बजे मृत्यु भएको हो। उनको वैशाख २ गतेदेखि आइसियुमा उपचार हुँदै आएको थियो। योसँगै बेलझुण्डी अस्पतालमा ११ जना संक्रमितको मृत्यु भइसकेको छ।