थप २३६५ जनामा कोरोना पुष्टि
बिहीबार थप २ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४४८ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ६५ जनामा कोरोना भाइरस पुष्टि भएको हो । त्यस्तै ४४७ जनामा एन्टीजेन परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी पीसीआर र एन्टीजेन गरी देशभर देशभर २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । बिहीबार थप २५२ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै देशभर कोरोनाबाट निको हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ ।
हाल देशभर १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्य भएको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ११७ पुगेको छ ।