नेप्सेमा झण्डै ७६ अंकको गिरावट
बजार खुलेदेखि नै ओरोलो लागेको बजारले अन्त्यसम्म पनि सोही प्रवृत्ति पछ्याएपछि समग्र नेप्सेमा भारी गिरावट आएको हो ।
सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले घटेको हो । तीमध्ये पनि जलविद्युत, होटेल्स तथा टुरिजम उपसमूहका लगानीकर्ताले धेरै नोक्सानी बेहोरेका छन् ।
आइतबार करिब १ लाख ४ हजार कारोबारबाट २ सय १५ कम्पनीका १ करोड ४६ लाख ९० हजार कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचमा ७ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।