बाँकेको नरैनापुरमा आगलागी
बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् ।
नरैनापुर गाउँपालिका–४ खोदावा गाउँमा शनिबार दिउँसो भएको आगलागी राति ११ बजेतिर नियन्त्रणमा आएको हो । आगलागीमा परी चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । घाइतेहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।
हुरी चलेकाले बस्तीभरि आगलागी फैलिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । गाउँमा अधिकांश घर फुसको छानोका रहेकाले पनि आगलागी चाँडै नियन्त्रणमा ल्याउन नसकिएको उनले बताए ।