भारतमा १ करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड-१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख ४४ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ९३० जना पुगेको छ ।
हाल भारतमा एक लाख ८७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संङ्क्रमितको संख्या बढेको पाइएको छ ।
यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड आठ लाख ९९ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी २ करोड ३० लाख व्यक्तिले खोप लगाईसकेका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले मङ्गलबारसम्म देशभर २२ करोड २७ लाख २ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।
हिजो सोमबार एकै दिनमा सात लाख ४८ हजार ५२५ जनाको कोभिड-१९ परीक्षण भएको पनि समाचारमा जनाइएको छ ।