इन्डोनिसियाको एक तेल प्रशोधन केन्द्रमा भीषण आगलागी, कम्तिमा ५ जना घाइते
इन्डोनेसियाको एक तेल प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा कम्तिमा ५ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारले सञ्चालन गरेको तेल प्रशोधन केन्द्रमा सोमबार आगली भएको हो ।
समाचारका अनुसार आगलागीबाट घाइते तथा हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । प्रशोधन केन्द्र क्षेत्रमा बसोबास गर्ने ९५० परिवारलाई सुरक्षित स्थानमा सारिएको बीबीसी समाचारमा उल्लेख छ ।
आगलागीको खास कारण अझै खुलिसकेको छैन । आगो अझै नियन्त्रणबाहिर रहेको बताइएको छ । समाचारअनुसार आगो ज्वाला र धुवाँको ठुलो मुस्लो अझै देखिइरहेको छ ।