बाघको छाला तथा हड्डीसहित पक्राउ
बाघको छाला र २ किलो २ सय ९० ग्राम हड्डीसहित दोर्दी गाउँपालिका- ६ सिमी बस्ने ३४ वर्षीय मनराज गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
मनराजले बाघ मारेर बाघको छाला तथा हड्डी समेतको तस्करी गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उक्त छाला र हड्डीसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाही एवं थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।