लमजुङ प्रहरीद्धारा ६७ क्यूफिट अवैध काठ बरामद
लमजुङ प्रहरीले बेसीशहर नगरपालिका ६ मालेबगरबाट ६७ क्युफिट अवैध काठ बरामद गरेको छ । प्रहरीले अवैध काठसहित ट्याक्टर चालकलाई पनि पक्राउ गरेको छ ।
लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बेसीशहर नगरपालिका ७ वस्ने वर्ष ३४ का वुद्धी बहादुर तामाङले चलाएको ग १ त ३९७६ नम्वरको ट्याक्टरमा अवैध रुपमा रहेको ६६.३० क्युफिट उतिसको काठ ओसारपसार गर्दै गरेको अवस्थामा फेला पारी उक्त काठ सहित ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको बताए ।
उक्त काठ सहित, ट्याक्टर तथा ट्याक्टर चालक बुद्धी बहादुर तामाङलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि आइतबार डिभिजन वन कार्यालय लमजुङमा पठाइएको डिएसपी थापाको भनाई छ ।