कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अस्पताल भर्ना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।
५७ वर्षीय जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको हो। जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ। जोशीको अपरेशन गरिएको नेविसंघ नेता सुशान्त आचार्यले बताए।
जोशीको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्। जोशीलाई सुरूमा वीर अस्पताल लगिएको थियो। शुक्रबार बिहान ३ बजे जोशीको स्वास्थ्यमा समस्या आएको थियो।