आर्थिक उच्च वृद्धिको बाटो पक्रियाे, अर्काे वर्ष १० प्रतिशत वृद्धिदर हासिल हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको आज तीन वर्ष पुगेको छ । यी तीन वर्षको अवधिमा उहाँ नेतृत्वको सरकारले के कति कामहरु गर्यो, त्यसको उपलब्धि उहाँले पत्रकार सम्मेलनमार्फत बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीका अनुसार चालु आर्थिको वर्षको ६ महिनाको तथ्यङ्कले पुन आर्थिक उच्च वृद्धिको बाटो समात्ने गरी चलायमान भइसकेको छ । अर्काे वर्ष १० प्रतिशत आर्थिक वृद्धिदर हासिल हुन सक्ने उहाँकाे दाबी छ । उहाँले दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो वर्ष ७ प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर रहेको बताउँदै यसबीचमा समग्र अर्थतन्त्रको वृद्धिद्धर ५ प्रतिशत रहेकाे बताउनुभयाे । प्रदेश स्तरमा ६ भने प्रतिशतले बढेकाे बताउनुभयाे ।
यसैगरी सरकारकाे चालु आर्थिको वर्षको ६ महिनामा बचत १ सय २४ अर्ब पुगेको उहाँले बताउनुभयाे । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत रु २६ अर्ब मात्रै थियो । मुद्रा स्फीति ३ दशमलब ५ प्रतिशत रहेकाे पनि उहाँले बताउनुभयाे ।
यस अवधिमा आयात ४ दशमलब ८ ले घटेको छ भने निर्यत ६ दशमलब १ प्रतिशले बढेको छ । विप्रेशण (रेमिटेन्स) नेपाली रुपैयाँमा ११ दशमलब १ प्रशितले र अमेकी डलरमा ६.७ प्रतिशतले बढेको छ ।
यसैगरी ९ लाखभन्दा बढीलाई निरपेक्ष गरिबीकाे रेखामुनिबाट माथि उकालिएको प्रधानमन्त्रीकाे दाबी छ । कोरोनाको महामारी नभएकाे भए यो संख्या १५ लाखभन्दा माथि हुने उहाँले बताउनुभयाे ।
मानव विकास सुचांकमा ५ प्रतिशत भन्दा बढीको वृद्धि देखिनुले कोरोनाको चपेटामा पनि नेपालमा गरिबी नबढेको, भोकमरी नरहेको उहाँले बताउनुभयाे । ५ वटा बाहेक सबै पालिकामा बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुलेकाे बताउँदै उहाँले तीन वर्षअघि ७५३ मध्ये ३७४ पालिकामा मात्रै बैंक तथा वित्तीय संस्थाका साखाहरु रहेकाे बताउनुभयाे ।
उहाँले हालसम्म १ हजार ४ सय झोलुंगे पुल बनेकाे पनि बताउनुभयाे । ‘मेरो कार्यकालमा १०३ पुल निर्माण भएका छन् । त्यस्तै, मनकामना केबलकार बन्दै छ । फुसका छाना हटाएर जस्तापाताका लािग ५ लाख परिवारलाई ५० हजार रुपैयाँ वितरण गरिएको छ,’ उहाँले भन्नुभयाे ।