९४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।
बुधबार थप ७१ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाबाट २ हजार ६६ जनाले ज्यान गुमाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५५५ जना छन् । जसमध्ये ६३ जना क्वारेन्टिनमा छन् ।