झापामा दुई मोटरसाइकल जुध्दा एकको मृत्यु
झापामा दुई वटा मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ। झापा मेचीनगर १३ धाइजनका ३८ वर्षीय अनन्त आचार्यको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो।
शुक्रबार बेलुका साढे ७ बजे मेचीनगर-१३ चारआलीस्थित पूर्व-पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मे११प ४४७८ नम्बरको मोटरसाइकल चालक उनलाई बिएन्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा राति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
अर्को मे११प ११३१ नम्बरको मोटरसाईकलमा सवार दुई जना समेत घाइते छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।यसैबीच, सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरमा शुक्रबार राति भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिआर०१-जिसी ०३४१ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका-४ का २७ वर्षीय राजन चौधरीको मृत्यु भएको छप्रहरीले जनाएको छ।
करिब ११ बजे इटहरीबाट दुहबी जाँदै गरेको को१९ प ६९७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको भारतीय नम्बरको ट्रककले ठक्कर दिएको थियो।
चौधरीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालकलाई दुहबी प्रहरीले नियन्त्रणमा लिएको छ।