टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइयो
एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहभागीतामा आयोजना गरिएको समारोहमा साँस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको थियो । यसैगरी नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०७७’ लेखिएको ब्यानर फहराइएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोकतन्त्रको बाटोलाई नबिराउने बताए ।
यसैगरी नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०७७’ लेखिएको ब्यानर फहराइएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोकतन्त्रको बाटोलाई नबिराउने बताए ।