बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीमा एकको मृत्यु
बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति सुनसरीमा एकको मृत्यु भएको छ।
सुनसरी बराहक्षेत्र नगरपालिका-५ का २५ वर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार मध्यराति पौने १२ बजे बराहक्षेत्र नगरपालिका-५ भरोलमा दक्षिणतर्फ जाँदै गरेको को१ज ३७६१ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको ना३९प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटसाइकलमा सवार सोही स्थानका २६ वर्षीय कृष्णकुमार राजधामी र २५ वर्षीय डिगन गुरुङ गम्भीर घाइते भएका थिए। घाइतेमध्ये गुरुङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ बजे मृत्यु भएको थियो।
राजधामीको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ। ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिकाका उदेश राई प्रहरीको नियन्त्रणमा छन्।