इलाममा अटो दुर्घटना, चालकको मृत्यु
मेची राजमार्गको इलाम नगरपालिका–७ तिल्केनि मोडमा सोमबार बेलुका साढे ८ बजे अटो पल्टिँदा चालकको मृत्यु भएको छ। इलाम बजारबाट गोलाखर्क तर्फ जाँदै गरेको मे.१ह.३०२२ नम्बरको अटो अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका चालकको अस्पताल लैजाने क्रममा मृत्यु प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
उनका अनुसार अटो चालक इलाम नगरपालिका-९ का २० वर्षीय अबिकल सुन्दास घाइते भएपछि नोवेल विराटनगर अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो।