सुनको मूल्यमा २३ सय रुपैयाँ गिरावट
साताको पहिलो दिन आइतबार सुन २ हजार ३ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आइतबार चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३३० रूपैयाँमा काराेबार भएको थियो ।