सुनको भाउ तोलामा ४ सयले बढ्यो
आज सुन तोलामा चार सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइराखेको छ।
सुन बिहीबार तोलामा एक सय रुपैयाँ घटेको थियो। बिहीबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार चार सय बढेको हो। यो साताको पहिलो दिन आइतबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सोमबार सात सय रुपैयाँ बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार फेरि आठ सय रुपैयाँ नै घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।