१ हजार २४ संक्रमित थपिए
मुलुकमा थप १ हजार २४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ६० जना संक्रमित फेला परेका छन् । जस्मा २ सय ४ महिला र पुरुष २ सय ५६ रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १३ हजार ८१ पुगेको छ ।
योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९० हजार ७७ जना, ललितपुरमा १३ हजार ७ सय २६, भक्तपुरमा ८ हजार १ सय ३६ पुगेको छ ।