सिमकोट विमानस्थलमा रहेको कर्मचारी निवासमा आगलागी
(हुम्ला) हुम्ला सदरमुकाम सिमकोटमा रहेका सिमकोट विमानस्थलमा रहेको विमानस्थल प्रमुख र अन्य कर्मचारी बस्ने निवासमा बिहीबार बिहान आगालागी भएको छ ।
बिहान ४ बजे लागेको आगो स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो लागेका ३ घण्टा पछि ७ बजे मात्र नियन्त्रण गरिएको छ । बिहानै विमानस्थल प्रमुख र अन्य कर्मचारी बस्ने निवासमा अचानक आगलागी भएको देखे पछि बिमानस्थल सुरक्षामा खटिएका प्रहरीले देखेपछि खबर गररे सबै जम्मा भएर आयो नियन्त्रण गर्नेकाममा लागेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी सिताराम बिष्टले बताए ।
भवनमा लिएर गएको बिद्युतको तार सट भएपछि उक्त भवनमा आगालागी भएको आसंका गरिएको छ । अगालागीबाट ६ कोटे भवनको ३ कोठा पूणर्रुपमा जलेर नष्ट भएको छ भने ३ कोठामा आंशिक क्षति भएको बिमानस्थल प्रमुख बिष्णु अधिकारीले बताए ।
हुम्ला सदरकुमाका सिमकोट माथिल्लो बजारमा रहेको विमानस्थलमा कामगर्ने कर्मचारीको निवासका रुपमा प्रयोग भएको भवनमा लागेको आगो नियन्त्रणमा लिनका लागि जिल्ला स्थित नेपाल सेना, ससस्त्र प्रहरी र जनपथ प्रहरी सहित स्थानीयले पहल गरेको भएपछि चिसोले पानी जमेका कारण आगो नियन्त्रणमा ल्याउन केहीे समस्या भएको भएपनि ३ घण्टा पछि आगो नियन्त्रण गर्न सकिएको र आगलागिबाट के कति क्षति भएको छ यसको विवरण नआएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले बताए ।