मोटरसाईकल र ट्याक्टर एक आपसमा ठोकिँदा प्रहरी जवानको ज्यान गयो
(चितवन) पूर्वी चितवनको राप्ती नगरपालिका ०५ अन्तर्गत कालिका पम्प अगाडि मोटरसाईकल र ट्याक्टर एक आपसमा ठोकिँदा प्रहरी जवानको ज्यान गएको छ ।
आइतबार बेलुकी ८स्२० बजेतिर मोटरसाईकल र ट्याक्टर एक आपसमा ठोकिँदा सो दुर्घटना भएको हो । ना ६ ख ३३८१ नम्बरको ट्याक्टरले ना ३७ प ५५४५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी जवान सुजन न्यौपाने गम्भीर घाइते भएका थिए ।
घाइते न्यौपानेलाई उपचारको लागि भरतपुर पठाईएको थियो । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा राति मृत्यु भएको प्रहरीले जनाएको छ।