रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गर्न पुगेका छन् ।
केहीबेर अघि पौडेल व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन स्थल तालघरे पुगेका हुन् । पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन् ।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए। उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराईलगायत नेताहरू पनि सहभागी छन्।