आँगन स्विट्समाथि खाद्य विभागले अनुसन्धान थाल्यो
आँगन स्विट्सको मिठाईमा नङ भेटिएपछि त्यसबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुसन्धान थालेको छ । प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)बाट डिआईजीमा बढुवा सिफारिस भएका डा. देवबहादुर बोहराले कमलपोखरी स्थित आँगनको शाखामा मंगलबार मिठाई किनेका थिए ।
डा. बोहराले किनेको मिठाईमा नङ भेटिएको सूचना पाएपछि महानगरीय वृत मालिगाउँका डिएसपी खुमलाल भुषाल कमलपोखरी पुगे । डा. बोहराले आँगनलाई कारवाही गर्न डिएसपी भुषाललाई निर्देशन दिएका थिए ।
तर, अखाद्य वस्तु मिसावटसम्बन्धी मुद्दाको अनुसन्धान प्रहरीको कार्यक्षेत्रमा नपर्ने भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यसबारे अनुसन्धान थालेको छ ।