बिपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
दमक-३ झापाकी ८२ वर्षीया वृद्धाको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ती वृद्धा मिर्गौलापीडित थिइन्। उनलाई मंसिर ७ गते बिपीको कोरोना अस्पताल भर्ना गरिएको थियो ।