एक जना मृत्यु
(चितवन) चितवनको भण्डारामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । राप्ती नगरपालिका-४ भण्डारा स्थित लक्षमीनाराण चोकमा सोमबार राति ११.१५ मा मोटरसाइकल र बस एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाईकल चालक मनहरी गाउँपालिका वडा- ६ घर भई डडुवा बस्ने रोशन लामा रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पूर्व बाट आउदै गरेको ना.४ ख. ६७२८ नम्बरको बस र सोही दिसाबाट आउदै गरेको ना.२७ प. ३९०६ नम्बरको मोटरसाइकल बसको पछाडी ठोक्किएको थियो ।
दुघटनामा परि गम्भीर घाइते भएका लामालाई उपचारको लागि तत्कालै भरतपुरमा रहेको मेडिकल कलेज लगिएको भएिनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।