थप १४ सय ७४ जनामा कोरोना संक्रमण : २९ जनाको मृत्यु
(काठमाडौं) पछिल्लो २४ घण्टामा १४ सय ७४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार सोमबार १९ सय ३१ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । यस्तै आज कोरोनाबाट थप २९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ ।
देशभर क्वारेन्टिनमा ५३५ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ४२३ जनाको उपचार भइराखेको छ ।