गोगंबुबाट १० किलो गाँजासहित ३ जना पक्राउ
काठमाडौं । प्रहरीले लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भिमसेन थापा गाउँपालिका–६ का २२ वर्षीय राहुल लम्साल, धादिङ गल्छी गाउँपालिका–१ का २५ वर्षीय इश्वर मगर र पाँचथर हिल्याङ गाउँपालिका–६ का १९ वर्षीय गणे मैनाली रहेका छन् ।विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।