स्पेनमा कोरोना सङ्क्रमितको संख्या फेरि बढ्न थाले
स्पेनमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ ।
त्यहाँ बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको बताइएको छ । परीक्षणका क्रममा सात दिनयता ७ हजार ११८ जनामा नयाँ सङ्क्रमण देखिएको जनाइएको छ । गएको सात दिनमा त्यहाँ ४८० जनाको कोरोनाबाट ज्यान गएको छ । स्पेनका स्वास्थ्य अधिकारीहरुले यस सङ्क्रमणबाट हरेक दिन कम्तीमा पनि ८० जनाले ज्यान गुमाउन थालेको बताएका छन् ।
उनीहरुले स्पेनमा पनि यो सङ्क्रमणको दोस्रो वेभ आएको र हिजो आज हरेक थप नयाँ नयाँ संख्यामा सङ्क्रमितहरु भेटिन थालेका पनि बताएका छन्। चीनको हुबे प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ । तर शुरुमा यो सङ्क्रमणले स्पेन र इटालीलाई निकै क्षति गराएको थियो ।
त्यहाँका स्वास्थ्य अधिकारीहरुले यो सङ्क्रमणका २ लाख ६८ हजार जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन् ।