२ हजार ५९ कोरोना संक्रमित थपिए
नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको हो। त्यस्तै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको हो ।
त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन्। पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको छ।