कपिलवस्तुमा साढे १८ केजी चरेशसहित तीन पक्राउ
कपिलवस्तुमा साढे १८ किलोग्राम चरेश सहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा खटिएको प्रहरीको विशेष टोलीले उक्त परिमाणको चरेशसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दाङको हसीपुर गाउँपालिका वडा नं. २ बस्ने ३१ वर्षीय रामतुल मिया, दाङकै राप्ती गाउँपालिका वडा नं.१ लम्तिया बस्ने ४१ वर्षीय जितमान मिया र रोल्पाको सुनछहारी गाउँपालिका वडा न.२ बस्ने ४१ वर्षीय जपी बुढा रहेका छन्।
पक्राउ परेका तीनै जनाको साथबाट साढे १८ किलोग्राम चरेश बरामद गरिएको र उनीहरुमाथि थप अनुसन्धान गरिएको मल्लले जानकारी दिए।