नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभाका उम्मेदवा
(काठमाडौँ) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ ।
शुक्रबार बिहान बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।
यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेका छन् । उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । उनी गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए ।
त्यस्तै, अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार रहेका छन् । राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ ।