डा. महत : अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुने कानून अस्वीकार्य
(काठमाडौं) नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
अन्तरपार्टी महिला सञ्जालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महतले अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुन्ठित अभिव्यक्ति स्वतन्त्रताको अधिकार कांग्रेसले लडेर ल्याएको उनले दाबी गरे
पूर्वमन्त्रीसमेत रहेका महतले महिलालाई अधिकार दिने कुरामा कांग्रेसजति संवेदनशील अरु पार्टी नभएकोसमेत बताए ।
विश्वकै नमूना देश भनेर चिनिने स्विटजरल्याण्डले ५० वर्षअघिसम्म पनि महिलालाई मतदान गर्ने अधिकार नदिएको प्रसंग निकाल्दै उनले नेपाल त्यो अवस्थाबाट कहिल्यै नगुज्रिरएको बताए