सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ
(काठमाडौं) प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादवलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीलाई यादवलाई पक्राउ गरेको हो । घटना पीडित न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । यादव राजपाका केन्द्रीय सदस्य पनि हुन् ।
यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा श्याम परदेशी पनि पक्राउ परिसकेका छन् ।