कमलबहादुर कास्यमा सीमित
(पोखरा) भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारी कास्य पदक जितेका छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा ६७ केजी समूहमा प्रतिस्पर्धा गरेका उनी तेस्रो भएका हुन् । उनले स्न्याच र क्लिन एण्ड जर्क गरी कुल २५२ केजी भार उठाए ।
पाकिस्तानका तल्हा ताबिलले स्वर्ण र श्रीलंकाका जेएससी ल्याकमलले रजत पदक जितेका छन् ।
कमलबहादुरले २००६ कै सागमा स्वर्ण जितेका थिए । भारोत्तोलनमा पुरुषतर्फ नेपालले जितेको यो एक मात्र स्वर्ण हो । २०१० मा उनको प्रदर्शन खराब रह्यो भने २०१६ को १२औं सागमा उनले भाग लिएका थिएनन् ।