पुरुष क्रिकेटमा नेपाललाई कास्य, माल्दिभ्स ५ विकेटले पराजित
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।
सोमबार टियु मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनायो।
नेपाले उक्त लक्ष्य १६.१ ओभरमा ५ विकेटको क्षतीमा भेट्यायो। माल्दिभ्सका लिम साफेगले सर्वाधिक १९ रन बनाए। त्यस्तै मोहमद रिसवानले १७ रन र कप्तान मोहमद माफोजले १६ रन रअमिल माउरुफले १३ रन बनाए। नेपालका ललितनारायण राजवंशीले ३, सुशन भारीले २ र पारस खड्काले १ विकेट लिए।
व्याटिङतर्फ नेपालका अरिफ शेखले सर्वाधिक ३२ रन बनाए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रनको योगदान दिए। खेलमा अविजित रहेका रोहित पौडेल र पवन शरार्फले क्रमश १५ र १० रन जोडे। विनोद भण्डारीले १२ रन जोडेको खेलमा पूर्वकप्तान पारस खड्का भने ३ रन मै पेमेलियन फर्किए। बलिङतर्फ माल्दिभ्सका उमर अदामले तीन र लिम सफिगले एक विकेट लिए।
स्र्वणका लागि भने बंगलादेशको यु–२३ र श्रीलंकाको यु–२३ बीच आजै प्रतिस्पर्धा हुने