बाग्लुङ जीप दुर्घटना : बेपत्ताको शव फेला, मृतकको संख्या १५ पुग्यो
(गुल्मी) गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षीय धनबहादुर कार्कीको शव फेला परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बेपत्ता भएका कार्कीको शव दुर्घटना स्थल भन्दा केही तल खोलामा बुधवार भेटिएको हो । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दुर्घटनामा परको थियो ।
दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेका छ । जीप दुर्घटनामा १ जना बालकसहित १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर ३ जना गमभिर घाइते भएका थिए । उनिहरुको थप उपचारको लागि हेलिकोप्टर मार्फत मंगलबार नै काठमाडौं लगिएको छ । गुल्मीको इश्माबाट २४ जना जीपमा सवार रहेको र बीच सडकमा प्रहरीले केहीलाई गाडीबाट झारेर अर्को गाडीमा सवार गरेको बताइएको छ ।
दुर्घटनामा मृत्यु भएको शोकमा इश्मा गाउँपालिकाले बुधबार सार्वजनिक बिदाम समेत दिएको छ । जीपमा सवार सबै गुल्मीबाट कुल पुजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिँडेका थिए ।