शिशुसहित दुईको सडक दुर्घटनामा मृत्यु
(बाँके) पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ।
नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा१झ १६१ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना८ख ५४३२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा एक शिशु र चालक सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का २८ वर्षीय चित्रबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। शिशुको घटनास्थलमै र एम्बुलेन्स चालकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले दुर्घटनामा दाङको दङ्गीशरण नगरपालिका–५ का ३६ वर्षीय तीलकराम खड्का र उनकी पत्नी २४ वर्षीया मालती खड्का घाइते र तिलकरामको अवस्था गम्भीर रहेको छ। घाइते दुवै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको भइरहेको छ।