बक्सिङमा नेपालकी ललिता स्वर्णबाट चुकिन्
(काठमाडौं) १३औं सागको बक्सिङमा नेपालकी ललिता मर्हजन स्वर्णबाट चुकेकी छन् ।
महर्जन सोमबार भएको ४८ केजी तौल समूहको फाइनलमा भारतकी कलाइभानी श्रीनिवासनसँग पराजित भएकी हुन् । यससँगै उनले रजत पदकमा चित्त बुझाएकी छन् ।