सान्ता क्लजका केही रोचक प्रसँगहरु
हो हो हो….गर्दै राता-सेता लुगामा लामो सेतो दाह्री र केश भएको, काँधमा उपहारले भरिएको ठूलो झोला भिरेको, हातमा क्रिसमस बेल लिएको शान्तालाई त तपाईं अवश्य चिन्नुहुन्छ होला । बालबालिकाहरु मायाले सान्तालाई क्रिसमस फादर पनि भन्छन् ।
हरेक क्रिसमसमा बालबालिकालाई चकलेट र उनीहरुलाई मनपर्ने उपहारहरु दिएर सान्ताहरु खुशीको कारण बन्छन् । त्यसैले बालबालिकाहरु हरेक क्रिसमसमा आफ्नो सान्ता अंकलको पर्खाईमा हुन्छन् । सान्ताको घर उत्तरी ध्रुवमा छ भन्ने मानिन्छ र उनी उड्न सक्ने रेनडियर्सको गाडीमा हिँड्छन् भन्ने विश्वास गरिन्छ ।
शान्ताको अहिलेको आधुनिक रुप १९ औं शताब्दीदेखि अस्तित्वमा आएको हो । त्योभन्दा अगाडि उनी यस्ता थिएनन् । आजभन्दा डेढ हजार वर्ष पहिला जन्मेका सन्त निकोलसलाई असली शान्ता र शान्ताको अभिभावक मानिन्छ । वास्तवमा सन्त निकोलस र जिससको जन्मको सिधा सम्बन्ध छैन । तर, पनि आजको दिनमा शान्ता क्लज क्रिसमसको महत्वपूर्ण अंग हो । उनी बिना क्रिसमस अधुरो लाग्छ ।
सन्त निकोलसको जन्म तेस्रो शताब्दीमा जिससको मृत्यु भएको २ सय ८० वर्षपछि मायरामा भएको थियो । उनी एउटा धनाड्य परिवारमा जन्मेका थिए । उनले बाल्यवस्थामै आफ्ना आमाबुबालाई गुमाएका थिए । बाल्यवस्थाबाट नै उनको प्रभु येशुप्रति आस्था थियो । उनी ठूला भएर ईसाई धर्मको पादरी (पुजारी) र पछि विशप भए । उनलाई आवश्यकता भएका र बालबालिकालाई उपहार दिन एकदम राम्रो लाग्दथ्यो ।
उनी विशेष गरेर आवश्यकता भएका र बालबालिकालाई उपहार दिन्थे । सन्त निकोलसले उपहार रातिको समय दिन्थे किनभने उनलाई आफूले उपहार दिँदै गरेको दृष्य कसैले देखेको मन पर्दैन थियो । उनी आफूलाई कसैले नचिनोस् भन्ने चाहन्थे । त्यसैले बालबालिकालाई छिट्टै सुताइदिने गरिन्थो । आज पनि धेरै ठाउँहरुमा यस्तो चलन रहेको छ । यदि बालबालिकाहरु छिट्टै सुतेनन् भने उनीहरुको शान्ता अंकलले उनीहरुलाई उपहार दिँदैनन भन्ने मानिन्छ ।
सन्त निकोलसको दयालु स्वभावको एउटा प्रख्यात कथा छ । जसमा उनले एक जना गरिबलाई सहयोग गरेका छन् । जोसँग आफ्ना तीन छोरीहरुको विवाहका लागि पैसा थिएन र बाध्यतावश उनले आफ्ना छोरीहरुलाई मजदुरी र देह व्यापारको दलदलमा पठाउँथे । तब निकोलसले कसैलाई थाहा नहुने गरी तीन जना छोरीहरुको सुकाइरहेको मोजामा सुनको सिक्काको थैली राखिदिए र उनीहरुलाई लाचारीको जीवनबाट मुक्त गराए ।
त्यही समयदेखि क्रिसमसको राति बालबालिकाहरु बिहान आफ्ना मोजाहरुमा सान्ताले उपहार राखिदिन्छ भन्ने आशमा मोजालाई बाहिर टाँगेर राख्न थाले । त्यसैगरी फ्रान्समा चिम्नीमा जुत्ता टाँगेर राख्ने प्रथा छ । हल्यान्डमा बालबालिकाहरु शान्ताको पर्खाइमा आफ्नो जुत्ताभरी गाजर राख्छन् । आज सान्ताको जुन प्रचलित नाम रहेको छ । त्यो निकोलसको डच नाम सिन्टर क्लासबाट उत्पत्ति भएको हो । जुन अहिले शान्ता क्लज भएको छ । जिसस र मदर मेरीपछि सन्त निकोलसलाई मात्र यति धेरै सम्मान प्राप्त भएको छ । सन् १२०० देखि फ्रान्समा ६ डिसेम्बरमा निकोलस दिवस मनाउन थालियो । किनभने त्यो दिन सन्त निकोलसको मृत्यु भएको थियो । अमेरिकामा सन् १७७३ मा पहिलो पटक सिन्ता सेन्ट ए क्लजको रुपमा सञ्चार माध्यममा प्रस्तुत भएका थिए ।
आजको आधुनिक युगको शान्ताको अस्तित्व सन् १९३० मा आएको हो । हेडन सन्डब्लोम नामक एउटा कलाकार कोकाकोलाको विज्ञापनमा शान्ताको रुपमा ३५ वर्षसम्म देखिएका थिए । शान्ताको त्यो नयाँ अवतार मानिसहरुलाई धेरै मन पर्यो र अन्तिममा त्यसलाई शान्ताको नयाँ रुपलाई स्वीकार गरियो, जुन आज मानिसहरुबीच अति नै प्रख्यात छ ।
यस प्रकार विस्तारै-विस्तारै क्रिसमस र शान्ताको साथ गहिरिँदै गयो र शान्ता विश्वमा नै प्रख्यात हुनुको साथ-साथै बालबालिकाको लोकप्रिय पात्र बने । आज पनि शान्ता आफ्नो श्रीमती र पुड्का मानिसहरुसँग उत्तरी ध्रुवमा बस्छन् भन्ने मानिन्छ । त्यहाँ एउटा खेलौनाको उद्योग छ, जहाँ सबै किसिमका खेलौनाहरु बनाइन्छ । सान्ताका ती पुड्का मानिसहरुसँग वर्षभरी नै त्यो उद्योगमा क्रिसमसका लागि खेलौना बनाउने काम गर्छन् । आज विश्वभरमा शान्ताको धेरै ठेगानाहरु छन् । जहाँ बालबालिकाहरु चिठ्ठी पठाउँछन् तर उनको फिनल्यान्डको ठेगानामा सबैभन्दा धेरै चिठ्ठी पठाउँछन् । त्यो ठेगानामा पठाइएको प्रत्येक चिठ्ठीको मानिसहरुले जवाफ पनि पाउँछन् । तपाईंले पनि शान्तालाई आफ्नो चिठ्ठी त्यही ठेगानामा पठाउन सक्नु हुन्छ ।

क्रिसमस मनाउने परम्परा यसरी सुरु भयो
हरेक वर्ष क्रिसमस २५ डिसेम्बरकै दिन मनाइन्छ । डिसेम्बर महिनाले आफूसंगै एक प्रकारको उल्लास तथा उमंग लिएर आउँछ । डिसेम्बरमा जसरी दिनहरु बित्दै जान्छन्, सेलिब्रेसनको तयारी पनि प्रारम्भ हून्छ । सबैभन्दा पहिला क्रिसमसको रमझम अनि त्यसपछि अंग्रेजी नयाँ वर्षको स्वागत ।
हुन त क्रिसमसलाई ईसाईहरुको पर्व भनिन्छ, यद्यपि यो पर्वलाई सबै धर्म मान्ने व्यक्तिहरुले उत्तिकै उल्लासका साथ मनाउन थालिसकेका छन् । यतिमात्र होइन, नेपालमा मात्र होइन, सम्पूर्ण विश्वमा नै क्रिसमसलाई धुमधामका साथ मनाइन्छ । जहाँ एकातिर हरेक वर्ष दसैं, तिहार, होली जस्ता सबै पर्वहरु मनाइने कुनै निश्चित दिन हुँदैनन्, त्यहाँ क्रिसमस एक मात्र त्यस्तो पर्व हो, जुन हरेक वर्ष २४ डिसेम्बरकै दिन मनाइने गरिन्छ ।
क्रिसमस पर्व हरेक वर्ष ईशा मसीहको जन्म दिवसको रुप्मा मनाउने गरिन्छ । ईसाई धर्म मान्ने व्यक्तिहरु ईशा मसीहलाई सूर्यको भगवान मान्छन् । त्यसैले ईसाईहरुका लागि यो पर्वको एउटा विशेष महत्व छ । एउटा महत्वपूर्ण कुरा के छ भने ईसा मसीहको जन्म भएको थियो, यो कुरा पूर्ण रुपले स्पष्ट छैन । जहाँ सम्म कि बाईबलमा पनि ईसा मसीहको जन्मको तारिखको कुनै पुष्टि गरिएको छैन । यस्तो अवस्थामा आखिर २५ डिसेम्बरकै दिन ईसा मसीहको जन्मको तारिख किन मानियो, सम्पूर्ण विश्वमा केवल यही दिन किन क्रिसमस मनाइन्छ भन्ने जिज्ञासा पनि पैदा हुन्छ । यदि तपाईंको मनमा पनि यो जिज्ञासा उठेको छ भने आज हामी उक्त जिज्ञासाको जवाफ दिने छौं ।
जिसस को जन्मको वास्तविक तारिकको बारेमा कसैलाई पनि जानकारी छैन । भनिन्छ, जिसस को जन्म २ बिसी तथा ७ बिसीको बीचमा अर्थात ४ बिसीमा भको थियो । त्यस बेलाको समयलाई वर्षको आधारमा होइन, बिसीको आधारमा हेरिन्थ्यो । त्यस्तो बेला जिसस को जन्मको वास्तविक तिथी तथा समयको बारेमा कहिं पनि लेखिएको छैन । यहाँ सम्मकि बाइबलमा पनि जिसस को जन्मको तारिखको बारेमा भनिएको छैन ।
अब यदि तपाईं सोचिरहनु भएको होला, जिसस को जन्म यही तारिखमा कसरी निश्चित गरियो भन्ने कुरा ? यसको पछाडि एउटा रोचक कथा छ । वास्तवमा, एउटा निकै नै प्रारम्भिक ईसाई परम्पराका अनुसार, जुन दिन मेरीलाई उनीसंग एक अति नै विशेष बच्चा अर्थात यीशु हुनेछन् भनिएको थियो, त्यो तारिख थियो २५ मार्च । २५ मार्चको नौ महिनापछि २५ डिसेम्बर । यस्तो बेला यीशुको जन्मका लागि २५ डिसेम्बर सबैभन्दा राम्रो दिन मानियो । यसका अतिरिक्त उक्त तिथिलाई एक रोमन पर्व अथवा मकर संक्रान्तिसंग सम्बन्ध स्थापित गर्ने आधारमा पनि चुनिएको मानिन्छ ।
क्रिसमस मनाउने परम्परा पनि निकै पुरानो हो । सबैभन्दा पहिला क्रिसमस ३३६ ईशा पूर्वमा रोमनका पहिलो ईसायी रोमन सम्राटको समयमा २५ डिसेम्बरको दिन मनाइएको थियो । त्यो समयमा त्यो रोमन स्टेटको आधिकारिक पर्व थिएन । त्यसो त, त्यसपछि जिसस को जन्मको तारिखका लागि विवाद समेत भयो ।
यद्यपि, त्यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रुपबाट जिसस को जन्म २५ डिसेम्बरलाई नै मनाउने घोषणा गरियो । त्यसपछि हरेक वर्ष २५ डिसेम्बरको दिन क्रिसमस मनाउने परम्पराको थालनी भएको हो ।