सुनकोशी नदीमा ९ जनाको शव फेला, खोजी कार्य जारी
(सिन्धुपाल्चोक) सुनकोशी नदिमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
दोलखाको मागादेउरालीबाट काठमाडौं तर्फ आएको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो। चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटे स्थित अरनीको राजमार्गमा भएको दुर्घटनामा थुप्रै यात्रु हताहती भएको अनुमान गरिएको छ। शैलुङ्गेश्वरी यातायातको बस दिउँसो सवा एक बजे नदीमा खसेको हो। घटनास्थलमा रहेका ट्राफिक प्रहरीका अनुसार अहिले सम्म एक बालिका, ४ महिला र ४ पुरुषको शव निकालिएको छ।
सिन्धुपाल्चोकका डियसपी माधवप्रसाद काफ्ले घटनाको विस्तृत जानकारी आउन बाँकी छ। बसमा कति यात्रु सावार थिए भन्ने एकीन जानकारी आएको छैन। प्रत्यक्षदर्शीका अनुसार नदीले धरै यात्रुलाई बगाएको बताएका छन्। खोजी कार्य जारी रहेको छ।