सीमा विवाद सुल्झाउन सरकारले गम्भीरताका साथ पहल थालेकाे प्रधानमन्त्रीकाे भनाइ
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा विवाद सुल्झाउन सरकारले गम्भीरताका साथ पहल थालेको बताउनुभएको छ ।
आज बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सचिवालय सदस्यलाई कालापानी लगायत सीमा विवाद सुल्झाउन आफू अग्रसर रहेको बताउनुभएको हो । उहाँले बैठकमा त्यसबारे निष्कर्ष निस्कने आश्वासन समेत दिनुभएको थियो । बैठकमा प्रधानमन्त्रीले भारतसँग वार्ता गर्ने प्रस्ताव पेश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि शनिबार साँझ प्रधानमन्त्री ओलीले बालुटारमा बोलाएको सर्वदलीय बैठकमा भारतले कालपानीलाई आफ्नो नक्सामा राख्नु गम्भीर र दुस्खदायीपूर्ण भएको भन्दै त्यो फिर्ताका लागि तत्कालै कुटनीतिक पहल गर्नु पर्र्ने माग उठेको थियो । ७० वर्ष देखि कालापानी आफ्नो भूभाग भएको दाबी गर्दै आएको भारतले गत आइतबार आफ्नो राजनीतिक नक्सा त्यसलाई फेरि समेटेपछि नेपालमा त्यसको विरोध भएको छ