कञ्चनपुरको पचुई हुलाकी सडक निर्माणमा भारतीय एसएसबीको अवरोध
कञ्चनपुर - निर्माणधीन राष्ट्रिय गौरवको हुलाकी सडक निर्माण भएको भूमि आफूहरुको भएको भन्दै भारतीय पक्षले बखेडा झिकेपछि कञ्चनपुरको पचुई हुलाकी सडक खण्डमा कालोपत्रे गर्ने कार्य अघि बढ्न सकेको छैन ।भारती सीमा सुरक्षा बल (एसएसबी) ले बखेडा झिकेपछि बेलौरी नगरपालिकको पचुई हुलाकी सडक खण्डमा कालोपर्ने गर्ने कार्य अघि बढ्न नसकेको हुलाकी सडक आयोजना धनगढी कार्यालयका सूचना अधिकारी पदमबहादुर मडैले जानकारी दिए ।
यसै गरी हुलाकी सडकको आन्तिम बिन्दु कञ्चनपुरको दैजी बजार नजिकको बल्मी खोलामा सडक डिभिजन कार्यालयले पुल निर्माणका लागि पहिले नै पिलर खडा गरेकोमा थप निर्माण कार्य अघि बढ्न सकेको छैन । पुलको थप कार्य अघि नबढ्दा समयमै हुलाकी सडक निर्माण पुरा गर्नमा समस्या देखिने बताइएको छ ।
कञ्चनपुरको पूर्वी सीमा डोकेबजार देखि पूर्वपश्चिम राजमार्गमा पर्ने दैजी बजार सम्म निर्माण भैरहेको यो सडक ६२ किलोमिटर लामो छ । तीन प्याकेजमा बाँडेर निर्माण भैरहेको कञ्चनपुर हुलाकी सडकको निर्माण कार्य आगामी चैत महीनामा सक्ने लक्ष्य लिइएको छ । यता कैलाली जिल्लाको धनगढी देखि पूर्व कटैनी नदी सम्मको ३१ किलोमिटर हुलाकी सडक खण्डको मरमत सम्भारको कार्य अघि बढ्न लागेको छ ।धनगढीको क्याम्पस चोक देखि मोहना पुल सम्म निर्माण गर्नु पर्ने छ दशमलब पाँच किलोमिटर लामो हुलाकी सडकको सट्टा बाईपास सडक निर्माण कार्य भैरहेको छ । सरोकारवालाबीच भएको समझदारी बमोजिम यो क्षेत्रमा ३०मिटर चौडा हुलाकी सडकको सट्टा १२ मिटर बाईपास सडक निर्माण थालिएको हो ।
३० मिटर चौडा हुलाकी सडक निर्माण गर्दा घरजग्गा मासिएर आफूहरु समस्या पर्ने भन्दै शुरुको अवस्थामा स्थानीयवासीले विरोध गरेपछि सडक निर्माण अघि बढ्न सकेको थिएन । कैलाली जिल्लाको बसन्ता वन क्षेत्रको दुई किलोमिटर क्षेत्रमा रुख कटानीको स्वीकृति लिन भएको ढिलाईले रोकिएको हुलाकी सडकको निर्माण कार्य लामो समय पछि अघि बढ्ने देखिएको छ । सो क्षेत्रमा सडक निर्माणका लागि वातावरणीय प्रभाब मूल्याङ्कन (आइईई) स्वीकृत भैसकेकोले काम अघि बढ्ने देखिएको सूचना अधिकारी मडैले बताए ।
कैलाली जिल्लामा धनगढी देखि पूर्व सत्ती चोक सम्मको ६२ किलोमिटर लामो हुलाकी सडक मध्ये बसन्ता वन क्षेत्रमा निर्माण गर्नु पर्ने सडक वाहेक सबै भागमा निर्माण पुरा भैसकेको छ । लम्की देखि टीकापुर हुँदै खक्रौला सम्मको २७ किलोमिटर लामो अर्को हुलाकी सडकको निर्माण पूरा भैसकेको छ ।
यद्यपि, कैलालीको बसन्ता वन क्षेत्रमा भने दुई किलोमिटर अझैसम्म केही पनि भएको छैन । दुई किलोमिटरमा रुख कटान गर्न नै बाँकी रहेको छ । बसन्ता वनमा लालबोझीदेखि कैलारी गाउँपालिकाको कटैनी नदीसम्म १८ किलोमिटरमा बसन्ता वन पर्दछ । वन क्षेत्रको दुई किलोमिटर छोडेर बाँकी १६ किलोमिटरमा भने सडक निर्माण कार्य सुरु गरिएको छ । हालसम्म माटो भर्ने र ग्राभेल हाल्ने, साइड नहर बनाउने लगायतको कार्य भइरहेको छ ।
निर्माण हुँदै भत्किदैं
कालोपत्रे गरिएको हुलाकी सडकको कतिपय ठाउँको कालोपत्रे एक डेढ वर्षमै ठाउँ ठाउँमा भत्किन थालेको छ । गुणस्तरी काम नगरेको कारण सडक भत्किने समस्या देखिएपनि नियमनकारी निकायले वेवास्था गरेको स्थानीवासीको गुनासो छ । कञ्चनपुरको डोकेबजार देखि पश्चिम तर्फको सडक, धनगढी देखि पूर्व जाने सडक, लम्की खक्रौला सडकको कालोपत्र ठाउँ ठाउँमा भत्किदा आवागमन त्यती सहज नभएको गुनासो सर्वसाधारणको छ ।
आयोगको टोलीद्वारा अनुगमन
राष्ट्रिय योजना आयोगको टोलीले कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग सडक आयोजनाका साथै राष्ट्रिय प्राथमिकता प्राप्त निर्माणधीन महाकाली सिँचाई तेस्रो चरणको आयोजना र महाकाली सडक सुधार तथा विकास आयोजना सम्बन्धी कार्य देखा परेका समस्या बारेमा शनिवार स्थलगत रुपमा अनुगमन निरीक्षण गरेको थियो । निरीक्षणका क्रम आयोगको टोलीलाई सम्बन्धित आयोजनाका अधिकृतले निर्माण सम्बन्धी प्रगति र देखिएका समस्या बारे जानकारी गराएका थिए । आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलको नेतृत्वमा रहेको टोलीमा सदस्य सुशील भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा,प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारालामा तामाङ लगायत सहभागी थिए ।
सडकमा दर्दनाक अवस्थामा बेवारिसे बनेका ब्यक्तीहरुलाई आफनै घरमा राखी मानव सेवामा तल्लीन हुन शुरु गरेका बिष्टले हाल सहारा घर मार्फत ५३ जना असहाय र मानसिक रोगीहरुको स्याहार गरिरहेका छन भने ५८ जनाको सुखद पारिवारीक मिलन समेत गराएका छन ।
रासस